दोलखा । बिगु गाउँपालिका-६ आलम्पुस्थित सडकमा प्र.१-०१-००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट खसेर सोही ठाउँ बस्ने ४० वर्षीय मानबहादुर थामीको बिहीबार साँझ मृत्यु भएको छ ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















