‘उज्यालो नेपाल’ पार्टीको केन्द्री नेतामा तीन जना मेडिकल डाक्टर

3

काठमाडौं ।  ऊर्जामन्त्री कुलमान घिसिंङको भनिएको ‘उज्यालो नेपाल’ पार्टीको केन्द्री नेतामा तीन जना मेडिकल डाक्टर छन्।

पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक भएक छ। ती ५१ जनाको नामावलीसहितका विवरण निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

पार्टीका ५१  जना केन्द्रीय सदस्यमा ३ जना मेडिकल डाक्टर छन्। डा अभिषेक राज सिंह, डा घनश्याम पाण्डे र डा आशुतोष विजय पन्त उक्त पार्टीमा छन्।

डा सिंह वर्तमान सरकार गठन प्रक्रियादेखि सक्रिय छन्। प्रधानमन्त्री शुशिला कार्कीनिकट उनले जेनजी आन्दोलनपछि कार्कीको उद्धार गर्नेदेखि लिएर त्यसपछि सरकार गठनलगायतमा सहयोग गरेका थिए।

उनी चिकित्सा शिक्षा सुधार अभियानमा डा गोविन्द केसीसँग सुरुवातदेखि नै सक्रिय छन्। त्यसैगरी लोकमान सिंह कार्की कृत्यबिरुद्धका आन्दोलनमा पनि उनले सक्रिय सहभागिता जनाएका छन् र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अभियानमा पनि उनी अग्रभागमा थिए। एमबीबीएसका साथै हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका उनको विभिन्न अस्पतालमा काम गरेको अनुभव छ।

त्यसैगरी डा पाण्डे कुनै समय काठमाडौंका मेयर बालेन शाह निकट मानिन्थे। उनले काठमाडौं महानगरको स्वास्थ्य सुधारका लागि शाहलाई सल्लाहकारका रुपमा सघाएका थिए। हाल अध्ययनको सिलसिलामा जर्मन रहेका उनी फर्किने क्रममा छन्।

त्यसैगरी डा पन्त पनि एमबीबीएसका साथै अस्पताल व्यवस्थापनमा स्नातकोत्तर हुन्। उनी चिकित्सकका आन्दोलन ‘जेल विथआउट बेल’ र रेसिडेन्ट डाक्टरको सेवासुविधाका लागि भएका आन्दोलनमा सक्रिय रुपम सहभागी थिए।

ujyaalo-party-1-11112025023143-1000x0-1762923994.jpg

ujyaalo-party-2-11112025023140-1000x0-1762923994.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here