कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

31

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको दोस्रो खेल जित्नका लागि कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको विजयी लक्ष्य दिएको छ। मंगलबारको पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएकाे थियाे।

कर्णालीका लागि ओपनर ब्याटर प्रियांक पञ्चालले सर्वाधिक ९० रन बनाए। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्न सफल भयाे ।
८.५ ओभरमा कर्णाली याक्सले पहिलो विकेट गुमायो। चितवनका सैफ जैबले ओपनरद्वयको ६१ रनको साझेदारी तोडे। ओपनरद्वय म्याक्सवेल ओ डोउड र प्रियांक पञ्चालबीचको ओपनिङ साझेदारी उनले तोडेका हुन्। म्याक्सवेल ३० बलमा १ चौकासहित २० रनमा बोल्ड भए।  १३.५ ओभरमा कर्णाली याक्सले १ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो।

दोस्रो विकेट कर्णाली याक्सले १५.४ ओभरमा प्रियांक पञ्चालको विकेट गयो। रवि बोपाराको बलमा लङअनमा उनी देव खनालको हातमा क्याच भए।

उनको विकेट जाँदा कर्णालीले २ विकेटको क्षतिमा १२४ रन बनाएको थियो। मार्क वाट २१ बलमा १ चौकासहित १६ रनमा क्याच भए। पवन सर्राफ २७ र नाजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे। अन्तिम २ ओभरमा पवन सर्राफले आक्रमक पारी खेल्दै कर्णालीलाई सहज स्थितिमा ल्याएका हुन्। उनले १६ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए ।

चितवनका लागि बलिङतर्फ सैफ जैब, रवि बोपारा र सोहिल तान्भिरले १–१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here