काठमाडौं । त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रन बनायो । उसका लागि ओपनिङ ब्याटर प्रियांक पाञ्चालले सानदार ब्याटिङ गरे ।
४८ बलको सामना गरेका उनले ७ चौका र ६ छक्का प्रहार गर्दै ९० रन बनाए । त्यस्तै, अर्का ओपनिङ ब्याटर म्याक्स ओडाउदले २०, मार्क वाटले १६ तथा पवन सर्राफले अन्तिममा अविजित २७ रनको पारी खेले ।
चितवनका लागि सोहेल तनवीर, रवि बोपारा सैफ जैबले एक/एक विकेट हात पारे ।
कर्णाली याक्स : सोमपाल कामी (कप्तान), म्याक्स ओडाउद, पवन सर्राफ, नजिबुल्लाह जद्रान, प्रियांक पञ्चाल, नन्दन यादव, युनिस ठकुरी, युवराज खत्री, अर्जुन घर्ती, गुल्शन झा र मार्क वाट रहेका छन् ।
चितवनको राइनोज : कुशल मल्ल (कप्तान), देव खनाल, अर्जुन साउद, डेविड मलान, रवि बोपारा, विपिन आचार्य, सैफ जैब, दीपक बोहरा, रिजन ढकाल, कमलसिंह ऐरी र सोहेल तनवीर रहेका छन् ।


















