काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा सातौं स्थानमा झरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र सातौंमा झरेका हुन् ।
यद्यपी दीपेन्द्रको रेटिङ अंक भने यथावत् छ । उनको २०२ अंक रेटिङ छ ।
वेस्ट इन्डिजका रोमारियो शेपहर्ड पाँचौंमा उक्लँदा भारतका हार्दिक पान्ड्या छैटौंमा झरेका छन् ।
कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा यथावत् छन् ।















