काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको ‘स्थल सेना वार्ता’को छैटौँ संस्करण काठमाडौंमा सुरु भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा बुधबारबाट दुई देशबीचको तीनदिने स्थल सेना वार्ता सुरु भएको हो ।
नेपाल र अमेरिकी सेनाबीच सन् २०१८ बाट ‘स्थल सेना वार्ता’ हुँदै आइरहेको छ । दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्य लगायतका विषयहरूमा सैनिक अनुभव तथा सहयोग आदान प्रदान हुने नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तान लगायतका विभिन्न मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ । यस प्रकारका कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाहरूबीच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली से

















