महेश बस्नेत सवार गाडीमा रातो रङ प्रहार गर्ने दुई युवा छुटे

18

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्।

आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए।

रङ प्रहार गरेपछि प्रहरीले अर्पित कुँवर र संजोग गौतम पक्राउ परेका थिए। उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

बस्नेत इटहरीमा भएको पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमास्थलबाट गाडीमा बाहिरिँदै गर्दा आक्रमणको प्रयास भएको थियो।

ती दुवै युवा भने नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको पनि खुलेको छ। उनीहरु नेविसंघको नेता भएको खुलेपछि केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले फेसबुकबाटै कारबाहीको चेतावनी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here