काठमाडौं । ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-२ बस्ने ५३ वर्षीय अमर बहादुर तामाङको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-२ नस्बु हिवाटोलस्थित केन्द्रिय लाइनको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-१ लक्ष्मीपुरस्थित माईतीघर आएकी बझाङ घर भएकी ४२ वर्षीया कमला विकको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । माईतीघरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहट, फतुवाबिजयपुर नगरपालिका-६ रामदासी टोल बस्ने २२ वर्षीय गणेश महतोको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै घरमा माईकको तार जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेशनल हस्पिटल प्रालि विजयपुर हुँदै थप उपचारको लागि कोल्बी बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















