प्रशान्त महासागर
लाखे :
लाखे नेवा:समुदायको परम्परामा आधारित सांस्कृतिक पात्र हुन् । मुख्य रूपमा कथात्मक, लोकविश्वास र समुदाय रक्षकको रूपमा विकसित एवम् बच्चाहरुले रुचाउने विशेष पात्र पनि हुन् ।
लाखेको स्वरुप प्रायः रक्षकको रूपमा बुझिन्छ । कुनैकुनै कथामा उग्र देखिए पनि नागरिक सुरक्षित राख्ने, दुष्ट शक्तिसँग लड्ने पात्रलाई लाखे भनिन्छ ।
लाखे नेवा: सभ्यता संस्कृतिमा शुभसूचक मान्दै नाच, पर्व, पूजा–अनुष्ठानमा प्रदर्शन गरिने देवनाच लाखे नाच मानिन्छ । सहर–गाउँलाई रोग, अशुभ, दुष्ट शक्तिबाट जोगाउने प्रतीक। नै लाखे हुन् ।
लाखे ठूलो मुख, टल्किने आँखा, रातोरातो केश, भारी पोशाकमा देख्न सकिन्छ । नाच्ने शैली, ताल, अनुष्ठानसँग बाँधिएको हुन्छ भने अनुहार रंगीन र कलात्मक। हुनेगर्छ ।
लाखेको अर्थ संरक्षण, समुदाय रक्षक, शुभसाइत बुझ्न सकिन्छ भने भयका रूप देखिए पनि उद्देश्य रक्षत्व नै हुन् ।
राक्षस :
राक्षस हिन्दू ग्रन्थहरू (रामायण, महाभारत, पुराण) मा उल्लेखित पौराणिक प्राणी हुन् । देव–असुर संघर्षसँग सम्बन्धितका पात्र हुन् भने आफ्नो जाति बाहेक अन्यलाई शत्रु मान्ने प्राणी हुन् । मानव कल्याण नचाहने भन्दा नि फरक अर्थ लाग्ने छैन ।
राक्षस धेरैजसो कथामा दुष्ट, हिंस्रक र विध्वंसक विशेषताका हुन्छन भने विभिषणलाई सदाचारी राक्षसकै रुपमा वर्णन गरिएको छ । एक अपवाद रुपमा बुझ्नसकिन्छ । मूल प्रवृत्ति: अलौकिक शक्ति, मानवभक्षक एवम् द्वेषपूर्ण प्रवृत्तियुक्त राक्षस हुन्छन ।
राक्षस हिन्दू धर्म–पुराणमा देवता वा नायकले जित्नु पर्ने विरोधी शक्ति हुन् । नाटक, पुराणकथा, पौराणिक युद्धमा खलनायकको भूमिका राक्षसले निभाएको हुन्छ ।
राक्षस बहुमुखी रूप, ठूलो शरीर नाखुदाँत / कडा दाँत बाटुला आँखा कहिलेकाहीँ बहुहस्त वा बहुमुख विशुद्ध रूपले युद्ध–प्रधान र डर लाग्दो सौन्दर्यकै हुन्छन्
राक्षसको अर्थ दुष्ट शक्ति, लोभ, क्रोध, हिंसा, अवगुणहरूको प्रतिनिधि हुन् भने कहिलेकाहीँ अहंकार वा प्राकृतिक विपत्तिको प्रतीकको रुपमा राक्षसको अर्थ बुझिन्छ ।
अन्तमा, लाखे नेवा: सभ्यताको रक्षक एवम् शुभ मानिन्छ भने राक्षसलाई हिन्दु पुराण अनुरुप दुष्ट विध्वंसक मानिन्छ जुन मानवकल्याण विपरीत प्रयोग हुने शक्ति हुन् । लाखेलाई सामुदायिक सुरक्षा पर्वीय नृत्य अनुरुप संस्कृति संरक्षक नायक हुन् भने राक्षस युद्धकै निम्ति विध्वंसकै लागि अहम् क्रोधका खलनायक नै हुन् । राक्षसले हिंसा दुष्टता देखाउन कुनै कसर छोड्दैनन् भने लाखे सुरक्षा र समृद्धिको कामना समर्पित नायक हुन् । यसरी लाखे र राक्षसको सामाजिक मर्यादा सँगसँगै स्वभाव, स्वरुप तथा उद्देश्य एवम् परिचात्मक तथ्यले कीर्तिपुरमा लाखे पा: बस्ने भनिएको पर्व राक्षसकै बध पर्व मान्न सकिन्छ । जसरी हिजो फिब ख्यलाई माइतीघर एउटा फिल्मको पोस्टरले रुपान्तरित नाम दिए सजिलोको लागि लाखे पा: भनिएको हो या लाखे र राक्षसको भिन्नता नबुझेर कसैले सोध्दा बुझाउनेले सहज तरिकाले लाखे पा: बसेको भनिएको हुनुपर्छ । वास्तवमा कीर्तिपुरमा मनाइने इन्द्रायणी जात्राको अघिल्लो दिन चौरासी व्यञ्जन सहित आफ्नो शरीरको आहुती दिन जाने परम्परा जसको उद्देश्य राज्यशान्ती सँगसँगै सन्तती रक्षाको कामना छ । एउटा राक्षस जसले सात दिदीबहिनीहरुको राज्य ल्होखा, सन्तुगल, बोसिगाउँ, मच्छेगाउँ, तपख्य, शीरं र कीर्तिपुर त्यहाँ अनेक आतंक मच्चाउन दु:खकष्ट दिने गर्थ्यो । बच्चा अपहरण लगायत तिनीहरू हत्या पश्चात् आहार बनाउने गर्थ्यो । त्यसबाट मुक्ती पाउन एक सम्झौता अनुरुप अब उपरान्त तिमी राक्षसले हाम्रो समाजमा दु:ख कष्ट दिन पाउँदैन, हामी तिम्रो भोकको लागि भोजन स्वरुप चौरासी व्यञ्जनको व्यवस्था र एक जना मान्छेको पनि व्यवस्था गरिदिन्छौं भन्दा हुन्छ भन्ने कबूल सम्झौता नै वास्तविक सार हो । तर यसलाई लाखे पा: भन्नु उचित हुन्न किनभने लाखेले मानव कल्याण बाहेक अन्य हिंसा र समुदायलाई कष्ट दिदैन । र एउटा हुनसक्ने कुरा आहार पाएपछि दु:खकष्ट दिन्न भनिएको सन्दर्भमा लाखे भन्न कुरा रहे पनि लाखे भन्नासाथ उसको उत्पत्ति नै मानव कल्याण र समुदाय रक्षाकै लागि हुन् । त्यसैले कीर्तिपुरमा चल्दै आएको लाखे पा: बस्ने भनिएको नाम नमिल्दो छ । यसलाई सम्बन्धित निकायले सुधार गर्नुपर्ने देखिन्छ । र सातगाउँले जात्रा, सातवटा राज्य गाउँ १.कीर्तिपुर, २.शिरं, ३.तपख्य, ४.मच्छेगाउँ, ५.बोसिगाउँ, ६.ल्होखा र ७.सतुंगलमा मनाइने जात्रा हुन् । अत: सम्बन्धित इतिहारकार एवम् संस्कृतिविद तथा निकायले यसको व्यापक प्रचार र सन्देशमूलक सूचना प्रवाह गर्न जरुरी छ ।

















