वलवल देवी र कीर्तिपुर

20

प्रशान्त महासागर
कीर्तिपुर सिद्ध, देवभूमी हो यसमा विवाद छैन । भूगोल ठूलो भो सोचमा बिमती थपघट छ । तर बाहुल्यताको आधारमा नेवा: सभ्यता र संस्कारकै कुरा मुख्य हुन् भने राजनैतिक बागडोर त्यसैले मात्रै चाहेको गुनासो पनि त्यतिकै छन । यसलाई मानवीय गुण र अगुण बीच सोचलाई रुपान्तरित गर्न नसक्नु हो भन्ने कुरामा म छु । यसले एउटा कुरा एकता हुन नदिन चाहनेले खेल्न मैदानको आविष्कार गर्छ । यो हाम्रो कमिजोर हो । यहि कमजोर हटाउन इतिहासलाई बुझ्नु जरुरी छ ।
कीर्तिपुरको इतिहासमा २७ वर्ष ७ महिना शिवदेव तृतीयले राज्य चलाएको थियो । आफ्नो राज्य र त्यहाँका नागरिक समृद्धिको लागि वलवल देवीको सिद्धता अर्थात अनुमती लिइएको भन्ने कुरा चर्चा छ । कीर्तिपुरमा द्य: पुखू र ग्वा:पुखू बाहेक प्राय: कीर्तिपुरलाई सुरक्षित समृद्ध बनाउन वलवल देवीको तप गरेर निर्माण गरेको थियो । मच्छेगाउँमाथिको रानी बन छेउको खोला छेकेर नहर बनाई सिंचाइ र पिउनको लागि पानीको व्यवस्था गरिएको थियो । बाघभैरवको मन्दिर बनाएको भन्ने पनि चर्चा थियो । कीर्तिपुर देश समृद्धि र नागरिक सुखका काम बाहेक त्यतिबेलाका राजाहरूले कीर्तिपुरका बारे अर्को केही सोचेनन् । वलवल देवीकै सिद्धिबाट बाघभैरव स्नान गर्ने कुण्ड लगायत उत्तरतर्फका पोखरी निर्माण र त्यसमा कमलको फूल खेती गरेर भगवानलाई चढाउने कार्य सुरु गरिएको थियो । उत्तरपुर्वको पोखरी निखासी अवस्थित पोखरी जहाँ हाँसखेती गरेर त्यसको कमि पूरा गर्ने योजना प्रत्यारोपण गरिएको थियो । त्यस्तै नपाको भवन भएको पोखरी एक सिद्ध पोखरी नै हुन् जसमा १२ वर्षमा एकचोटी हरिसिद्धिको नाच ल्याउँदा ती नाट्येश्वरहरु स्नान गर्ने पोखरी हुन् । यस्तै दक्षिण पश्चिम फैलिएका तीन वटा पोखरीहरु जसलाई मभिं, भिं र लाभा पुखू नामाङ्कन गरिएका छन । देश वा राज्य निर्माण गर्दा प्राय: नेवा: सभ्यता अर्थात पानी सभ्यता मान्नेहरुको राज्यमा हुन्छन नै । तीन वटा नभए पनि दुइटा पानी पिउन र नुहाइधुहाइ गर्न बनाएको हुन्छन नै । यस्ता पानी स्रोत सभ्यता नास नहोस् भनेर सिद्धीद्वारा देवीको आह्वान र पालकको रुपमा वलवल देवी पुज्ने गरेको इतिहास छ । वलवल देवीको अर्थ २१ औं शताब्दीमा नमान्ने पनि छन जसको कारण नपा भवन बनाउँदा चाक्मा पुखूकै सराप हुनुपर्छ तीनले ज्यान गुमाएका थिए भने बाघभैरब स्नानको बाटो काट्ने प्रयास गर्नेले पनि ज्यान गुमाए भन्ने चर्चा छ । वलवल देवीको कृपा रहेको ठाउँलाई विनाशको नियतले वा आफ्नो दम्भले मास्न खोज्ने वा स्वार्थको लागि मात्र प्रयोग चाहनेहरुको भलाइ हुन्न नै । समय लाग्छ तर त्यो देखाउँछ । महसुस हुनुपर्छ । वलवल देवीको सराप भन्नू नै क्षत्रपालको सराप हुन् । देश वा राज्य रक्षार्थको लागि गरिएको राम्रो काम मनन गरेले भिमसेन थापाले ३२ वर्ष शासनकाल पानीको नहर व्यवस्थापनको लागि ७ जनालाई जागीर नियुक्ती गरि रेखदेख गर्न लगाएको थियो । कीर्तिपुरको गरिमा र महत्वको लागि आवश्यक सम्पदा मासेर कामलाई कमिसन बुझ्नु पतन हुनु नै हो । समयमै क्षत्रपालको क्रोधबाट सुरक्षित हुनुछ भने व्यवस्थापन कुरा हुनैपर्छ । आज सत्ता छ शक्ति छ भन्नुको अर्थ कालोतन्त्र लाद्न होइन हामी बुझ्नु नै मनुष्य हौं भन्नू हो । कीर्तिपुर २१ औं शताब्दीमा पुग्नु भन्दा नि पहिले नै समृद्ध थियो । यसको हामी जगेर्ना गर्नुलाई विकास मान्न सक्नुपर्छ । शासन र जनविचार त्यही हुनुपर्छ । स्मरणको लागि ग्वा: पुखूको वर्णन र प्रचारले कीर्तिपुरमा विश्वका हरेक एक मान्छेलाई आकर्षित गर्न सकिन्छ भने पानी सभ्यताको नमूना स्वरुप कीर्तिपुर स्थापित गर्ने योजना हामीसँग भएको भए पर्यटन विकास र प्रवर्द्धनमा अर्को नयाँ योजना तयार पार्नुपर्छ सोच्नै पर्दैन । र हामीबाटै हाम्रो देश बनेको हुँदा त्यसको अर्को विकल्प वा अन्य कुराको चिन्ताले पलायन हुनुपर्ने दिनले हाम्रो घरको ढोका ढकढक्याउने थिएन । हामीले हामीलाई थोरै समय दिएर अनुसन्धान गरेर अनुभव बटुल्न सके अझै हामी समृद्ध नै छौं भन्ने बुझ्न सकिन्छ । त्यसको थोरै आफ्नो स्वार्थ वा दम्भ हामीले त्याग्नैपर्छ । आफ्नो मातृत्व बुझ्नैपर्छ । संरचना कुरचना नबुझ्न अनुरोध पनि छ । वलवल देवीकै संरक्षणमा कीर्तिपुर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here