आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने

16

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ। यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन्।

दुवै पक्षले जितका लागि रणनीति बनाएर अघि बढिरहेका छन्। यसैबीच अध्यक्ष ओली पक्षीय नेताहरुले आफ्नो प्यानलको उम्मेदवारहरुको सूची आन्तरिकरुपमा प्रतिनिधिहरुलाई पठाइरहेका छन्।

ओलीको प्यानलमा उपाध्यक्षमा रघुजी पन्त समेटिएका छन्। पन्तले यसअघि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उपाध्यक्षमा प्रदीप ज्ञवालीले मनोनयन नगरेपछि ओलीले पन्तलाई समेटेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here