माली गाउँमा हतियारधारीको आक्रमण, १ सय जनाको मृत्यु

162

माली- अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय जनाको मृत्यु भएको छ ।  सो  आक्रमण सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामीडामा भएको हो ।

करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् ।  आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।

फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए । आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here