श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

12

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । बम विस्फोटको घटनामा फरार रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामालाई काठमाडौँको कपनबाट पक्राउ गरी पाँचथर पठाएको जनाएको छ ।

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक पदार्थसम्बन्धी मुद्दा दायर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here