साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाल एफसीले जित्याे

26

काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा भिडन्तमा नेपालको लिग च्याम्पियन सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ३-० गोलले पराजित गर्दै इस्ट बंगालले इतिहास रचेको हो।

उसका लागि पहिलो गोल फाजिलाले २१ मिनेटमा गरिन्। यस्तै सिल्कीले ३५ मिनेटमा अग्रता दोब्बर बनाउँदा इस्ट बंगालपहिलो हाफमा सहज स्थितिमा रह्यो। फाजिलाले दोस्रो हाफमा सुरु भए लगत्तै टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरिन्।

यससँगै पहिलो पटक साफले महिला क्लब च्याम्पियन पाएको छ।

यो संस्करणको साफमा पाँच टोलीले भाग लिएका थिए। नेपालको एपिएफ र भारतको इस्ट बंगालसहित भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशका नशरिनले भाग लिएका थिए।

जसमा एपिएफ र इस्ट बंगाल लिग चरणमा अपराजित रहँदै फाइनल खेलेका हुन्। एपिएफले भुटानी क्लब र इस्ट बंगालसँग बराबरी खेल्दा कराँची र नशरिनलाई पराजित गरेको थियो। इस्ट बंगालले भने एपिएफ बाहेक अरु सबै टोलीलाई हराएर शीर्ष स्थान हासिल गर्‍यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here