महेशचन्द्र शाक्यद्वारा लिखित गणितसम्बन्धी पाँच पुस्तक लोकार्पण

18

ललितपुर। विद्यार्थीहरुलाई गणित डरको विषय नभई रुचि हुने सहज बुझाईको विषय बनाउने उद्देश्यले महेशचन्द्र शाक्यद्वारा लिखित गणितसम्बन्धी पाँच पुस्तक शनिवार एकै समारोहमा लोकार्पण गरियो।

काभ्रेमा जन्मिएर हाल ललितपुरमा बस्दै आएका शाक्यले तीन दशक भन्दा समय माध्यमिक तहमा गणित विषय पढाएको र त्यस सम्बन्धी आफ्नो अध्ययन समेतलाई समेटिएर पुस्तक लेखेका हुन्।नौला गणितीय सूत्रहरुको बारेमा प्रतिक्रिया प्राप्त गर्ने, त्यस विषयमा केही पृथक तरिकाहरु प्रस्तुती गर्ने हुटहुटीले पुस्तक लेखेको उनको भनाई रहेको छ ।

प्रकाशित पुस्तकमध्ये तीन वटा नेपाली र दुई वटा अंग्रेजीमा रहेका छन्।ती पुस्तकहरुमा गणितका आधारभूत क्रियाहरु,गणितीय स्रूत्रको चिरफार, आधारभुत अनुक्रम, रिडिशकभरिङ म्याटम्याटिक्स फर्मूला र भिजोल प्रफु रहेका छन्। ती पुस्तकबाट माध्यमिक तहका विद्यार्थीहरुलाई गणित सहज र तर्कसंगत रूपमा बुझ्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

विद्यालयमा तह अनिवार्य अध्ययन गर्नुपर्ने गणित विषय पढ्न धेरैलाई कठिन र रुचि नहुने विषयका रुपमा लिने गरिन्छ । विगतमा एस. एल. सी.÷एस.ई.ई. परीक्षामा अधिकांश विद्यार्थीहरू गणित विषयमा अनुत्तीर्ण वा कम अंक प्राप्त गर्ने गरेको देखाउँदछ।

यस अवस्थामा गणित विषयमा रुचि लिएर पढ्ने र पढाउने तरिका समेत उल्लेख गरी पुस्तक प्रकाशित गरेको जनाउँदै लेखक शाक्यले भने ‘ यो पुस्तक प्रकाशन गर्नुमा व्यावसायिक भन्दा सामाजिक दृष्टिकोणलाई केन्द्रबिन्दुमा राखेका छौं । पुस्तक पढेर गणित पढ्ने रुचि बढोस् । विद्यार्थीले त्यसबारे बुझ््न सकियोस ।’

‘ गणितीय सूत्रहरू बुझन नसक्नु, सूत्र कण्ठ गर्न (सम्झना र कण्ठ भए पनि गणितीय समस्याहरूको हल गर्दा त्यसको उचित प्रयोग गर्न नसक्नु जस्ता यो विषय कठिन हुनुको एउटा प्रमुख कारणको रुपमा लिन सकिन्छ।’ उनले भने ‘ सूत्र के हो ?, सूत्र किन चाहिन्छ, सूत्र कसरी बन्छ ? तथा कुन सूत्रको प्रयोग कहा“ निर कसरी गर्ने ? जस्ता कुराहरू राम्ररी बुझी पर्याप्त अभ्यास गरेमा सूत्रमा आधारित गणितीय समस्याहरूको हल सजिलैसंग गर्न सकिन्छ । पुस्तकमा माध्यमिक तहको गणित विषयलाई मध्यनजर गरी गणितीय सूत्रको परिचय, आवश्यकता र प्रयोग बारे स्पष्ट पार्न सकेसम्म प्रयास गरेका छौं ।’

गणितका आधारभुत गणितका क्रियाहरुमा ऋणात्मक संख्याहरु सम्मिलित भएका गणितीय क्रियाहरु स्पष्ट बुझ्ने गरी उदाहरण र प्रमाणसहित प्रस्तुत गरिएको छ भने गणितीय सूत्रको चिरफारमा सूत्रको बारे थाहा पाई गणितीय समस्या हल गर्न अनेक उदाहरणहरु उल्लेख गरिएको छ। रिडिशकभरिङ म्याटम्याटिक्स फर्मूलामा पृथक तथा नौलो गणितीय सूत्रहरु बारेमा लेखिएको छ।यो पुस्तक लेखक शाक्यले दिवगंत बुबा धर्मचन्द्र शाक्य र माता दिलमाया शाक्यको स्मृति निशुल्क प्रदान गर्ने गरी प्रकाशित गरिएको हो। भिजोल प्रुफमा विना शब्द चित्रहरुको माध्यमबाट गणितीय समस्या हल गर्न सकिने पाठहरु राखिएको छ ।

समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गणित शिक्षका वक्ताहरुले गणित विषयमा सरोकार राख्ने जोसुकैलाई, विद्यार्थी तथा शिक्षक सबैलाई पुस्तक उपयोगी रहेकोमा केन्द्रित गरी आआफ्नो धारणा राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here