काठमाडौं । काठमाडौं उपत्यकामा मदिरा सेवन गरेर सवारी सधान चलाउने १३ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार सोमबार बिहान सरप्राइज चेकका क्रममा १०३ जना सवारी चालक कारबाहीमा परेकोमा १३ जना मदिरा सेवन गरेर सवाली चलाएको अवस्थामा भेटिएका थिए। उनीहरूलाई विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा कारबाहीका लागि पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
१३ जना पक्राउ परेकोमा १२ जना चालक सार्वजनिक सवारी साधन चलाउने चालहरू रहेका छन्। बस चालक ७ जना, पानी ट्याङ्कर, हाइस माइक्रो, फोर्स गाडी, मिनी ट्रक तथा फोहोर बोक्ने गाडी चालक एक/एक जना रहेका प्रहरीले जानकारी गराएको छ।


















