कामपालाई चुस्त दुरूस्त बनाउन जिम्मेवारी फेरबदल

11

काठमाडौं ।  काठमाडौं महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलले कामपालाई चुस्त दुरूस्त  बनाउनका लागि आफ्नै सचिवालयसहित महत्त्वपूर्ण विभागमा प्रमुखको जिम्मेवारी फेरबदल गरेकी छन्  ।

सचिवालय चुस्त  दुरूस्त  नभएको गुनासो बढिरहँदा कार्यबाहक मेयर डंगोलले महत्त्वपूर्ण विभागको कर्मचारीको जिम्मेवारी फेरबदल गरेकी हुन् ।

पदभारग्रहण गरेको १८ दिनमा सचिवालय र विभागमा हेरफेर गरेकी हुन्  । मेयर डंगोलले माघ ५ गते काबा मेयरको पदभार ग्रहण गरेकी थिइन् । कार्यवाहक मेयर डंगोलको निर्देशनमा प्रशासन विभागसहित आधादर्जन उच्चकर्मचारी जिम्मेवारी फेरबदल गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुुँरागाईले हिजो बिहीबार सहकारीविभाग प्रमुख महेश काफ्लेलाई प्रशासन विभाग प्रमुखको जिम्मेवारी  दिएका हुन् भने प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेलाई सहकारी विभाग प्रमुखको जिम्मेवारी दिइएको खबर प्राप्त भएकाे छ ।

स्रोतकाअनुसार खरिद इकाई प्रमुख रामरतन साहलाई प्रशासन विभागमा लगिएको थियो । उनको करिब साता दिनअघि जिम्मेवारी हेरफेर भएको  थियो । सोही दिन विपद व्यवस्थापन  विभाग प्रमुख जगदीश अर्याललाई खरिद इकाई प्रमुखको जिम्मेवारी दिइएको छ भने विपद् व्यवस्थापन विभागको निमित्त प्रमुखको जिम्मेवारी प्रवीण प्याकुरेलले पाएका छन् । त्यस्तै बुधबार नमराज ढकाललाई शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

लामो समयदेखि कानुन विभाग प्रमुख रहेका वसन्त आचार्यलाई काबा मेयर सुनिता डंगोलको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ भने कानुन विभागको निमित्त प्रमुखमा शुसिल कुँबरलाई जिम्मेवारी दिइएको छ ।

बरिष्ठ शाखा अधिकृत सन्तु श्रेष्ठलाई काबा मेयर सचिवालयमा लगिएको छ । कार्यावाहक मेयर डंगोलको सचिवालय चुस्त नभएको गुनासो आएको बेला मेयर डंगोलले  सचिवालयमा दुई वरिष्ठ अधिकारी नियुक्ति गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here