जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

17

कास्की । पोखरा महानगरपालिका-२७ तालचोक हिमाली टोल डेरा गरी बस्ने पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका ५६ वर्षीय खडिन्द्र पंगेनीको कोठामा जुवातास खेलिरहेको अवस्थामा पंगेनी समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ हजार ९ सय ५८ रूपैयाँ  र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here