काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धता अनुरुप सन् २०२५ को चौंथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।
सन् २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमको विवरण प्रस्तुत गरिएको छ ।
विश्वव्यापी रूपमा, यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५% हो । हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाई हटाइएको थियो भने ८३ लाख ६० हजार ७८० भिडियो रिभ्युपछि पुनस्र्थापना गरिएको थियो ।
यस त्रैमासिक अवधिमा, एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको देखिएको छ, जसले एआई–आधारित मोडरेशन प्रणालीमा भएको सुधारलाई संकेत गर्दछ । यसले नियम उल्लङ्घन गर्ने पुराना कन्टेन्ट पनि पहिचान गरी हटाउन सक्षम भएको छ ।
साथै, कमेन्ट हटाउने दरमा पनि उल्लेखनीय कमी आएको छ, किनकि टिकटकले अब केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको छ । नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको जनाएको छ ।
प्रतिवेदन अनुसार, हटाइएका भिडियोमध्ये २१.२% मा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थिए, जुन टिकटकका कन्टेन्ट नीतिसँग मेल खाँदैनन् । थप ९.१% भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने १.२% भिडियोले गोपनीयता र सुरक्षा निर्देशिका उल्लङ्घन गरेका थिए ।
यसबाहेक, १.६% भिडियो भ्रामक सूचनासँग सम्बन्धित थिए र १.८% भिडियो सम्पादन गरिएको वा एआई–निर्मित सामग्रीका रूपमा फ्ल्याग गरिएको थियो ।


















