युगान्डामा गोल खाएपछि साथीहरूले खेलाडीलाई कुटेर मारे

123

एजेन्सी –अफ्रिकी मुलुक युगान्डामा शनिवार एक फूटबल खेलका क्रममा डिफेन्समा गल्ती हुँदा गोल खाएपछि चर्चिल ओवासी नामक खेलाडीलाई उनका साथीहरूले कुटीकुटी मारेका छन् ।  लामवो जिल्लामा भएको उक्त घटनामा २२ वर्षका ओवासीले डिफेन्डमा ठूलै भूल गरेपछि साथीहरू आक्रोशित भएका थिए । उनीहरूले ओवासीलाई मुक्का र लात बर्साएका थिए ।

खेल सकिएपछि उनीहरूले ओवासीलाई कुटपिट गरे अनि उनले आफूमाथि आक्रमण गर्ने एकजनालाई साइकलबाट लडाइदिए । त्यसपछि उनीमाथि थप कुटपिट भयो र उनलाई अनेकौं चोटपटक लाग्यो ।  उनलाई अस्पताल लगियो तर चिकित्सकहरूले बचाउन सकेनन् ।  दुई दाजुभाइलाई घटनाको आरोपितका रूपमा पक्राउ गरेर हिरासतमा राखिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here