काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।
वैशाख ३० गते विहान साढे ८ बजे बस्ने गरी बोलाएको हो । यस्तै रास्वपाले बारा जिल्ला कमिटी विघटनको निर्णय पनि गरेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार विभिन्न जिल्लाका १५ जना सदस्यहरुको सदस्यता पनि खारेज गरिएको छ । नाम भने भोलि मात्रै सार्वजनिक गर्ने उनले जनाए ।
यी हुन् अन्य निर्णय
१. भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरिएकाे छ ।
२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३: वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९: पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १०: पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)
यही जेठ २३ र २४: जिल्ला अधिवेशन गरिने
२. विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा तपसिल बमोजिम मनोनित गरिने ।
क. RAT समन्वय विभाग प्रमुख श्री बैकुण्ठ थापा (आशिष) र उपप्रमुख श्री बिदुर खड्का (पूर्व एपीएफ डिआइजी)।
ख. स्टार्टअप विभाग प्रमुख डा प्रभात अधिकारी, सचिव श्री हरि जोशी।
ग. शिक्षा विभाग प्रमुख श्री मिलन पाण्डे ।
घ. कर्णाली प्रदेश सहममन्त्री श्री राजबहादुर शाह र श्री अविसरा सुवेदी
ङ. केन्द्रीय संगठन विभाग सदस्य श्री गोपाल प्याकुरेल (कर्णाली) ।
च. कञ्चनपुर जिल्ला सभापति श्री पदम बिष्ट।
३. प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने । जिल्ला अधिवेशनको तयारी गरिने ।
४. पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरियो।
५. पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गरिने ।
धन्यवाद ।

















