सरकारको संसदीय प्रणालीप्रतिमाथि शङ्का उत्पन्न

0

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङदेम्बेले नयाँ सरकारका हालसम्मका गतिविधि संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमान्यतामा चोट पुर्‍याउने खालका भएको आरोप लगाउनुभयो । संसद्को मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माणको कार्यलाई पाखा लगाएर सरकारले करिब डेढ सय कानुन संशोधन र केही नयाँ कानुन अध्यादेशमार्फत ल्याएकोमा उहाँले कडा आपत्ति जनाउनुभयो ।

“यो अधिवेशन असामान्य परम्परासहित सुरु भएको हाम्रो ठम्याइ छ,” नेता आङदेम्बेले भन्नुभयो, “आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरी संसद्को अधिकार खोसेर अध्यादेशको बाटो रोज्नुले संसदीय प्रणालीप्रति सरकारको निष्ठामाथि जनमानसमा शङ्का उब्जाएको छ ।” उहाँले सरकारको ४५ दिने शासन अनुभवले लोकतान्त्रिक अभ्यासलाई बलियो नबनाएको जिकिर गर्नुभयो ।

नेता आङदेम्बेले चालू वर्षे अधिवेशनको प्रारम्भ पनि असामान्य परम्पराबाट सुरु गरिएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here