कोशी प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै

11

मोरङ- कोशी प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम बिहीबार ल्याउँदैछ।

विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अस्थायी रुपमा रहेको प्रदेशसभाको भवनबाट बजेट अधिवेशनको दोस्रो बैठकमा आज सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।

प्रदेश सभा सचिवालयकाअनुसार आज अपराह्न ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले प्रदेशको कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।

नीति तथा कार्यक्रमकै आधारमा सरकारले असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here