सवारी दुर्घटनामा चार जनाको मृत्यु

15

काठमाडौं । उदयपुर, कटारी नगरपालिका-२ स्थित सडकमा गिद्वबरबाट बेलसोततर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९८५ नम्बरको बसबाट खसेर बसका सहचालक सोही नगरपालिका-२ खोक्सा बस्ने ३१ वर्षीय उत्तम थापाको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-१० बालचनपुर सिमरा भवानीपुरस्थित सडकमा ना.३५ प ४९५७ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार बारा करैयामाई गाउँपालिका-५ तेतरिया टोल बस्ने १८ वर्षीया सरिता पासवानको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ दोहनी पेट्रोल पम्प अगाडि सडकमा तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको रा. १ ख १६६८ नम्बरको  लहरीले लु. ९४ प ३१८३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर र वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सिटी अस्पतालमा भैरहवामा उपचार भइरहेको छ । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, जलेश्वर नगरपालिका-२ मटिहानी चोकस्थित सडकमा ना.४ ख ४७५८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ७५ वर्षीय चन्देश्वर साहको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वर हुँदै थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here