काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको चौथो दिन नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्द सत्र सकिएसँगै अहिले बिहान ९ बजेबाट मतदान हुँदैछ ।
पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ । सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले गरेका थिए ।
यसैबीच चुनावबाट आउने ९९ केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि २१ हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारले १ प्रस्तावक र २१ समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि छ ।काठमाडौं, असार १० । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको चौथो दिन नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्द सत्र सकिएसँगै अहिले बिहान ९ बजेबाट मतदान हुँदैछ । पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ । सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले गरेका थिए ।
यसैबीच चुनावबाट आउने ९९ केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि २१ हजार शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारले १ प्रस्तावक र २१ समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि छ ।


















