रासायनिक मल नेपाल ल्याउने प्रक्रिया सुरु

1

काठमाडौं । कृषि प्रयोजनका लागि आवश्यक ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।

अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मार्फत खरिद गरिएको उक्त परिमाणको मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेपछि नेपालतर्फ ढुवानीको काम अघि बढाइएको हो।

कुल परिमाणमध्ये १ हजार २५० मेट्रिक टन मल नेपाल पठाउन बुधबारदेखि ढुवानी सुरु गरिएको छ। ढुवानी सुरु भएको उक्त खेप करिब चार दिनभित्र नेपाल भित्रिने अनुमान गरिएको छ।

बाँकी मलको कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको जनाइएको छ। प्याकेजिङ प्रक्रिया पूरा भएपछि अन्य परिमाणको मल पनि चरणबद्ध रूपमा नेपाल ल्याइने तयारी छ।

कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले आयात प्रक्रिया अघि बढाउँदै आएको छ। पछिल्लो खेप भित्रिएसँगै किसानका लागि मल उपलब्ध गराउने व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here