काठमाडौं- प्रहरी प्रधान कार्यालय काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् ।
सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।
यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई अपराध महाशाखाको प्रमुख बनाएको छ ।


















