नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

2

काठमाडौं । नेवाः स्यनामि दबूको आयोजनामा तथा काठमाडौं महानगरपालिका २२ वडाको सहकार्यमा अनिवार्य अवकाश लिनुपर्ने ६० बर्ष नाघेका नेपालभाषा प्रशिक्षक सहायकको सम्मानजक विदाई कार्यक्रमको आयोजना गरिएको छ ।

नेवाः सांस्कृतिक छेँ पुरानो भंसारमा आइतबार भएको कार्यक्रममा नेपालभाषा प्रशिक्षाक सहायकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्व गराएकोमा शिक्षा विभाग, काठमाडौं महानगरपालिकालाई धन्यवाद व्यक्त गरिएको थियो ।

सो कार्यक्रममा नेवाः स्यनामि दबूका सचिव बरूण श्रेष्ठले काठमाडौं महानगरपालिकाका शिक्षकहरुका लागि सामाजिक सुरक्षा कोष व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै उनले स्थायी हुन लागेको जनाउँदै अबको बाटो थायी गराउने तिर लाग्नु पर्ने धारणा राखे । उनले पद्म कन्या क्पाम्पसमा नेपालभाषा विषयकाे कक्षा सञ्चालन गर्न  १० जना विध्यार्थीहरू आवश्यक रहेकाले बिए. तह. मा भर्ना हुन अनुरोध गर्नु  गरे । अहिले नेपालभाषा प्रशिक्षकहरुलाई तिचिंग प्रकृया आवश्यक रहेकोमा यदि तिचिंकका व्यवस्था क्याम्पस नमाने नेवाः स्यनामि दबू तयार रहेको धारणा राखे ।

सो कार्यक्रममा अनिवार्य अवकार लिएका नेपालभाषा शिक्षक राधेश्याम महर्जन, कृष्ण प्यारी श्रेष्ठ, हसना मैया बज्राचार्य , रमा शाक्य, भावना वैद्य, रिता अमात्य र तारा श्रेष्ठलाई अवकाश प्राप्त भएकोमा दोस्लला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अवकाश प्राप्त नेपालभाषा शिक्षक राधेश्याम महर्जनले हामीले २०७८बैशाख १ गतेदेखि नेपालभाषा सहायक प्रशिक्षकमा नियुक्त भई अवकाश प्राप्त नभएसम्म इम्मान्दारीपूर्वक कर्तव्य पालनाका छाैं ।  हामीले यात्रामा धेरै कुरा सिक्ने र सिकाउने अवसर पाएकाे धारणा राखे । उनले नेपालभाषा शिक्षकहरुलाई थायी व्यवस्था गरिनु पर्नेमा ध्यानाकर्षण गराउँदै कामनपा र स्कुल तथा नेवाः स्यनामि दबूलाई आभार व्यक्त गरे ।

अतिथीका रुपमा पाल्नु भएका शिक्षा अधिकृत नेत्र प्रसाद पौडेलले नेपालभाषाका शिक्षकका लागि सामाजिक कोषमा आबद्ध हुनु भएको बढाई दिदै नेपालभाषाको स्थायी दरबन्दी प्रकृयासम्म लानका लागि प्रयासरत रहने छु । नेपालभाषा शिक्षक शिक्षिकाले जुन याेगदान दिनु भएकाे छ कामपाले सधैँ सम्झी रहने धारणा राखे ।

कार्यक्रममा भर्खरै बित्नु भएका जनकवि दुर्गालाल श्रेष्ठको गीत गायककाे देशभक्त झी झीगु निम्ति मखुसां नेपालया निम्ती गीत गायक पवित्र कंसा तथा सुमित्रा महर्जनले  संयुक्त रूपमा गाएर सुनाएका थिए ।

कार्यक्रमका अतिथी  नेवाः देय दबुका सचिव श्रीजनमान श्रेष्ठले  स्कुलमा नभई नेपालभाषाको  आकर्षण बढाउन घर-घरमा प्रचार प्रसार गरिनु धारणा राख्दै नेपालभाषा अध्यापन समायनुकूल बी.ए. तथा एम. ए. अध्यापन गर्न अनुराेध गरे  ।  नेपालभाषाका शिक्षकहरूले देश, समाज बनाउनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जाेड दिए ।

कार्यक्रममा प्रमुख अतिथीका रूपमा पाल्नु भएका  कामपा वडा २२ वडाका अध्यक्ष चिनीकाजी महर्जनले देशमा आर्थिक, सामाजिक रुपमा विविधत भएकाले  अझै पनि सांस्कृतिक, जातीय विभेदपूर्ण  छ । उनले नेपालभाषामा कविता लेखेकै कारण राणाहरूले युगकवि सिद्विचरण श्रेष्ठलाई सर्वस्वहरण सहित जेल कैद हुनु परेको सुनाए ।

नेवाः स्यनामि दबुका अध्यक्ष रितेश मल्लले  संगठन भनेको शक्ति हाे हाम्राे अधिकार लिनका लागि हामी एउटै ठाउँमा उभिनु जरुरी बताउँदै कार्यक्रम सफल बनाउन सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here