प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउने चलखेल

16
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रहरी संगठनको नेतृत्व परिवर्तन गराउने उद्देश्यसहित १० करोड रुपैयाँको आर्थिक चलखेल भइरहेको दाबी सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता तथा कार्यकर्ताहरूले अनौपचारिक तथा पारिवारिक भेटघाटका क्रममा यस विषयमा चर्चा गर्दै केही अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरू बिचौलियामार्फत ठूलो आर्थिक कारोबारको प्रयासमा सक्रिय रहेको बताउने गरेका छन् । स्रोतका अनुसार प्रहरी नेतृत्व परिवर्तन गराउने योजनासँग जोडेर १० करोड रुपैयाँको आर्थिक लेनदेनको प्रसंग उठेको छ ।
यस प्रकरणमा केही उच्च प्रहरी अधिकारीको भूमिका र बिचौलियाको सक्रियताबारे राजनीतिक वृत्तमा गम्भीर चर्चा भइरहेको छ । प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटाउन आर्थिक प्रभाव प्रयोग गर्ने प्रयास भएको दाबीले प्रहरी संगठनको नेतृत्व चयन प्रक्रिया, संस्थागत निष्पक्षता र राजनीतिक हस्तक्षेपको विषयलाई गम्भीर प्रश्नका रूपमा उठाएको छ । यस विषयमा सम्बन्धित उच्च प्रहरी अधिकारी र बिचौलियाको भूमिकाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ ।
हरेक आईतबार राजधानी काठमाडौंबाट प्रकाशित हुने समादेश साप्ताहिकमा आफ्नो अमुल्य लेख, रचना र समाचार पठाउनुहोस् । फोन : ९८५१०३३५७८ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here