निर्वाचन आयोगमा अध्यावधिक हुन ढिलाइ

1

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अध्यावधिक हुन ढिलाइ भएको छ । पार्टीले आयोगले मागेअनुसार आवश्यक सबै कागजात बुझाउन नसकेपछि अध्यावधिक हुन ढिलाइ भएको हो ।

गत असोज १८ गतेदेखि २३ गतेसम्म भएको महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय केर्यसमिति निर्वाचित गरेको थियो ।

नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते नवनिर्वाचित कार्यसमिति अध्यावधिकका लागि निर्वाचन आयोगमा कागजात पेस गरेको थियो ।

तर, अध्यावधिकका लागि आयोगले थप कागजात मागेपनि कांग्रेसले ती कागजात बुझाउन नसकेको हो। मंगलबार पनि कांग्रेसका नेताहरू आयोगले मागेको थप कागजात पेस गर्न दिनभर कान्तिपथस्थित आयोगको कार्यालयमा उपस्थित थिए । अझै आवश्यक एउटा कागज नपुगेकाले बुधबार ल्याउन भनिएको आयोगका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।

कांग्रेसमा महाधिवेशनका सन्दर्भमा विवाद छ । पूर्वसभापति शेरबहादुर देउवा समूहले यो महाधिवेशनलाई नमान्ने भन्दै यही संसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने मिति तय गरेर मातहतका अधिवेशन गरिरहेको छ ।

त्यो अधिवेशनबारे आयोगलाई पनि समूहले जानकारी गराइसकेको छ । आयोगले त्यो जानकारी दर्ता गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here