भर्ना सम्बन्धि जानकारी सहित
काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बिए. तहकाे भर्ना अन्तिम चरणमा पुग्दा नेपालभाषा एम ए पहिलाे बर्षकाे भर्ना खुलेकाे छ ।
अब केही दिनमै त्रिविकाे आंगिक क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बिए. तहमा बन्द हुने जानकारी गराउँदै समयमै सित सुरक्षित राख्न नेवाः विध्यार्थी युनियनले अाहवान गरेकाे छ ।
बि.ए. प्रथम बर्षमा शैक्षिक बर्ष २०८३।०८४ सालको वार्षिक प्रणालीको आधारमा नयाँ भर्ना बन्द हुने भएकाले रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बिषयमा अध्यापन गरेर रोजगारीकाे प्रचुर सम्भावनाका साथै उज्वल भविष्य सुनिश्चत गर्न समयमै भर्ना हुन नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन जानकारी गराएका छन् ।
बिए. तह.मा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक तह (बि.ए) तहको प्रथम बर्षमा श्रावण महिना देखि भर्ना खुलेकाे थियाे । सम्पूर्ण भाषा सेवीहरूकाे पहलमा वि.सं. २०७४ सालमा नेपालभाषा विषयकाे कक्षा पुनः सञ्चालन गर्न सफल हुनुका साथै काठमाडाैं जिल्लामै वि.सं. २०७८ सालदेखि नेपालभाषा स्नातकाेत्तर तहकाे भर्ना खुलिसकेकाले निश्चित समय इन्ट्रान्स फारम भर्न आह्वान गरका छन् ।
प्रदेश नं ३ बाग्मती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई कामकाजी भाषाकाे रुपमा सञ्चालनमा ल्याउने विध्ययेक पारित भए पश्चात नेपालभाषा बिषयमा राेजगारीकाे सुवर्ण अवसर रहेकाे छ ।
भिडियाे सहित



















