प्रधानमन्त्री ओलीको सम्बोधनबारे भारतीय मिडियामा चर्चा

160

काठमाडौ, मंसिर १ । नेपालको स्वाभिमानका लागि अडान लिने नेपाली प्रधानमन्त्रीको रुपमा छवि बनाएका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबारका दिन बालुवाटारबाट गरेको सम्बोधनले भारतीय मिडियामा व्यापक चर्चा पाएको छ  ।

ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएको ३५औं दिनमा राष्ट्रका नाममा गरेको सम्बोधनप्रति भारतीय मिडियामा गम्भीर चासो देखाइएको छ । भारतको प्रभावशाली मिडिया आजतकले  ‘नेपालका प्रधानमन्त्रीले भारतलाई दोष लगाउँदै चीनको प्रशंसा गरे’ भन्ने आशयको समाचार लेखेको छ । त्यस्तै हिमालयन न्युजले पनि ‘नेपालको संकटको जिम्मेवार भारत’ शीर्षकको समाचार लेख्दै प्रधानमन्त्री ओलीको सम्बोधनलाई प्रमुखताका साथ प्रकाशन गरेको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा भारतको अघोषित नाकाबन्दीले नेपालमा मानवीय संकट उत्पन्न भएको र नाका सहज गरी दुई देशको ऐतिहासिक सम्बन्धको महत्व कायम राख्न आग्रह गरिएको छ । त्यस्तै ओलीले अब उत्तरी छिमेकी देश चीनसँग व्यापार विस्तार गर्ने र यसका लागि सबै विकल्पहरु प्रयोग गरिने पनि जनाइएको छ । त्यसैगरी नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन योजनाहरु सुरु गरिने पनि उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here