श्रीमतीलाई कारबाहीको माग गर्दै लोग्नेद्वारा मुद्दा दायर

226

एकजना पुरुषले आफ्नी श्रीमतीविरुद्ध अदालतमा मुद्दा हालेका छन् । उनले आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसाग नगरेको आरोप लगाउादै मुद्दा दायर गरेका हुन् । यदि उनको अभियोग प्रमाणित भयो भने बिचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।

 
सुन्दैमा अनौठो लाग्ने यो घटना युरोपेली मुलुक इटालीको हो । मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मुद्दा हालेका हुन् । उनले आफ्नी श्रीमतीविरुद्ध दिएको फिरादपत्रमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ । साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफु निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । उनको अर्को आरोप झनै गम्भीर छ । आफू श्रीमतीसाग एउटै ओछ्यानमा सुत्न नपाएको र सागै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here