देउवा र प्रचण्डको नक्कली पिरती धेरै दिन चल्दैनः सुरेन्द्र पाण्डे

110

चितवन – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको प्रेम केही दिनमै टुट्ने बताएका छन्।

चितवनको भरतपुरमा एमालेले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उनीहरुको प्रेम नक्कली भएको दाबी गरे।शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो र कमजोर प्रेम छ भन्ने कुरा जान्न धेरै पर जानुपर्दैन,’ पाण्डेले भने, ‘यो नक्कली र चाउरे पिरती धेरै दिन चल्नेवाला छैन, केही दिनमै टुट्ने छ।’

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले केही दिनअघि कांग्रेसका उम्मेदवारले हारेको स्थानमा बजेट नदिने भनि दिएको अभिव्यक्तिप्रति उनले आपत्तिसमेत जनाए।प्रधानमन्त्री पत्नीले हामीले हारेको ठाउँमा बजेट दिँदैनौँ भन्नु भएछ। क्याबात् ! आज पनि राणा शासन गएनछ भन्ने उहाँलाई लागेछ। यो राणा शासन होइन, लोकतान्त्रिक युग हो,’ एमाले नेता पाण्डेले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here