पूर्वराजालाई भेटेको १४ दिनपछि गोलीको निशाना

177

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्रलाई चैत २ गते भेट गरेका युवा सन्त श्रीनिवासाचार्यमाथि ठीक १४ दिनपछि चैत १६ गते गोली प्रहार गरिएको छ । पूर्वराजासँगको भेटवार्तासँग यो गोली प्रहारको घटना जोडिएको आशंका विश्लेषकहरूले गरेका छन् । यो विषयलाई लिएर हिन्दु धर्मावलम्बीहरूले व्यापक विरोध गरिरहेका छन् । बिराटनगरको वडा नम्बर १४ जोतुवास्थित राम जानकी मन्दिरको धर्मशालामा आयोजना भएको पुराणमा सहभागी हुन पुगेका श्रीनिवासाचार्यलाई अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट घाइते भएका सन्तको स्वास्थ्य सुधारोन्मुख भएको छ । शौचालय जान बिहान सबेरै अँध्यारोमा निस्किएका सन्तमाथि तीन राउण्ड गोली प्रहार भएको थियो ।
गोली प्रहार भएको ठाउँमा सन्तलाई चेतावनी दिइएको पर्चा फेला परेको जनाइएको छ । पर्चामा आदिवासी मंगोल समुदायलाई सन्त आचार्यले हेप्ने गरेको र हिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको उल्लेख भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here