बलिउडकी र कलिउडकी एउटै नाम भएकी अभिनेत्रीबीच धेरै कुरामा समानता रहेको छ ।
बलिउडकी सर्वाधिक डिमाण्डेड अभिनेत्री प्रियंका चोपडा र कलिउडकी सर्वाधिक व्यस्त अभिनेत्री प्रियंका कार्की दुवैको नाम मिल्छ । दुवै अभिनयमा अब्बल छन् । उचाई उस्तै छ । फिगर पनि लगभग मिल्छ । उमेरमा पनि धेरै वर्षको अन्तर छैन । यति मात्र होइन, दुवै प्रियंका अहिले प्रेममा छन् ।
दुवै अभिनेत्रीले हालै मात्र इन्गेजमेन्ट गरेका छन् । अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेममा करिब २ वर्षपछि इन्गेजमेन्ट गरेकी अभिनेत्री कार्की रमाइरहेकी छन् भने यता निकले प्रियंका चोपडालाई २ करोडको औँठी पहिराएछन्।
दुवै अभिनेत्रीले आफूभन्दा कम उमेरका प्रेमीसँग इन्गेजमेन्ट गरेका हुन् । अभिनेत्रीद्वय अब चाँडै विवाह गर्ने तयारीमा छन् । प्रियंका चोपडा इन्गेजमेन्टको कुरामा मौन रहेपनि प्रियंका कार्कीले भने अर्को वर्ष बिहे गर्ने प्लान बनाएको जनाएकी छन् ।


















