संघाई समूहले करोडौको शेयर हडपेको र हिसाब माग्दा उल्टै धम्काएकोे पीडित अग्रवालको आरोप

324

काठमाडौं/ सिद्धार्थ ग्यास उद्योग प्रा.लि.का शेयर धनी रमेश कुमार अग्रवालले आफूलाई सञ्चालक समितिका अध्यक्ष रामचन्द्र संघाईले हर हिसाब देखाउन माग गर्दा उल्टै धम्की दिएको गुनासो पोखेका छन् ।

पिडित अग्रवालले पत्रकार सम्मेलन गर्दै यस्तो गुनासो पोखेका हुन् । बिगत छ वर्षदेखि सञ्चालन गर्दै आएको उक्त उद्योगमा २५ प्रतिशत परिवारले शेयर खरिद गरेको उननले जनाए । आफ्नो परिवारले २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाष कुमार खेतानको नाममा भएको उद्योग अहिले पनि नाफामा रहेको पीडित अग्रवालको दाबी छ ।

तर, २०६९ सालबाट संघाइ समूहले एकलौटी सञ्चालन गरेको र आफ्नो हिसाब माग्दा यत्तिकै हडप्न खोजी धम्काएको अग्रवालले आरोप लाएका छन् । पीडित अग्रवालले भने,‘मैले मेरो भागमा भएको हिसाब किताब चाहियो भनेर अनुनय–बिनय गर्दा उल्टै कम्पनीको नाममा थप शेयर खरिद गर्न लगाए । संघाईले म खान्छु, तलाई ठीक पार्छु भनेर मलाई धम्काइ रहेको छ । मेरो करोडौ पैसा डुबेको छ, उल्टै मलाई धम्काएको छ । यही कारणले म शारिरीक अपाङग भएको छु।’

अग्रवालले यसको निम्ति न्याय माग्न सम्बन्धित निकाय पुग्दा कतैबाट पनि न्याय नपाएको दुःखेसो समेत पोखेका छन् । उनले भने,‘म आफ्नो शेयरको हिसाब किताब खोजाई पाउँ भनेर वाण्ज्यि तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ताहित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, एलपी ग्यास उद्योग एशोशिएस नलगायत अन्य निकाय समक्ष धाएँ तर कतैबाट न्याय पाईन् ।’

सबै निकायलाई संघाई समूहले आफ्नो प्रभाव पारेको जनाउदै अन्तिम विकल्प मिडिया नै भएको भनेर अग्रवालले न्यायको लागि सबैसमक्ष अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here