काठमाडौं / पार्टी एकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर गरेको भए पनि पूर्व माओवादीको ठूलो जमातले अहिले ओलीलाई ‘मार्क्सवाद विरोधी’ करार गर्दै देश दौडाहा सुरु गरेको छ ।
नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, राम कार्की खुलेर माधवकुमार नेपालको पक्षमा लागेका छन् । तत्कालीन माओवादी कोटामा मन्त्री भएका वर्षमान पुन र शक्ति बस्नेतले प्रधानमन्त्रीले सचिवमार्फत् मन्त्रालय चलाएको र आफूहरु सचिवको कारिन्दा रहेको भन्दै प्रचण्डले निर्देशन दिएमा राजीनामा दिने जनाएको पुनको सचिवालय स्रोतले जनाएको छ ।
उर्जा मन्त्री वर्षमान पुन आफ्ना नजिकका केही ब्यक्तिलाई लिएर दशैं विदामा बैंकक र चीनको भ्रमणमा निस्किने तयारीमा रहेका छन् । ‘यही अवस्था रहेमा दशैंको लगत्तै केही सैद्धान्तिक कुरा उठाएर पुन र बस्नेतले मन्त्री पदबाट राजीनामा दिएमा आश्चर्य हुँदैन’ नाम उल्लेख नगर्ने शर्तमा पुनको सचिवालय स्रोतले जनाएको छ ।


















