लिग च्याम्पियनमा मनाङले इतिहास रच्यो

201

काठमाडौं /मनाङ मर्स्याङ्दी क्लब दुई खेलअघि नै शहीद स्मारक ए डिभिजन लिगको विजेता बनी इतिहास रच्न सफल भएको छ ।

ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बन्न सफल रह्यो । यसपछिका दुबै खेल आफ्नो पक्षमा नरहे पनि मनाङको उपाधियात्रामा केही फरक पर्दैन्थ्यो ।

मनाङले लिगको उपाधि मात्रै जितेन एउटा अनौठो सुँनौलो इतिहास पनि रचेको छ । लगातार ११ औं खेलमा जित हात पार्दै मनाङले एक खेलमा पनि नहारी एक खेलमा पनि बराबरी नभइ लिगको उपाधि जितेको हो ।

मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि उचाल्न सफल भएको छ । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।

मनाङलाई रोक्न सकेको भए संकटाको मात्रै हैन उपाधि यात्रामा थ्रीस्टारको पनि बाटो खुल्ने थियो । तर मनाङविरुद्ध संकटाको केही लागेन । पहिलो हाफमा एक गोलले अघि रहेता पनि मनाङले खेलको दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो ।

पहिलो हाफको अतिरिक्त समयमा कर्नरबाट विशाल राईले प्रहार गरेको बल संकटाका गोलकिपर राजा बाबुले बचाउन खोज्दा गोलमा परिणत भएको थियो । खेलको ८१औं मिनेटमा मनाङले पुजन उपरकोटीले दोस्रो गोल गर्न सफल भएका थिए ।
खेलको ८७औं मिनेटमा अडेलजा सोमिडेले गोल गर्दै मनाङलाई तेब्बर अग्रता दिलाए । तर खेलको ९०औं मिनेटमा संकटा क्लबका सेड्रिक अबाले गोल गर्दै ३(१ को स्थितिमा पुर्‍याएपनि मनाङलाई संकटा क्लबले रोक्न भने सकेन ।

जितसँगै मनाङले ११ खेलबाट ३३ अंक बनाउँदै उपाधि कब्जा गर्न सफल रह्यो । अझै मनाङले लिगका दुई खेल खेल्न बाँकी नै छ । मनाङले उपाधि जितेसँगै अब दोस्रो र तेस्रो स्थानका लागि थ्रीस्टार, संकटा र आर्मी क्लबले प्रतिस्पर्धा गर्ने
छन् ।

पराजित भएको संकटाको ११ खेलबाट २५ अंक रहेको छ भने १० खेल खेलेको थ्रीस्टारको २३ अंक रहँदा चौथो स्थानमा रहेको आर्मीको १८ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here