अब सैनिक शासनको आवश्यकता भन्दै बिरगंजमा पाँचायन पुजा

435

विक्रम सम्वत २०७२ साल असोज ३ गते जारी संविधान मरिसकेको छ।हाम्रो मुलुकमा पंचायत काल देखि आजसम्म ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी ,अवसरवादी गद्दारहरु राष्ट्रको अहित चाहनेहरु प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्र गर्दै आएकाहरुलाई ठिक पार्न हाम्रो मुलुकमा परवेज मुसर्रफ जस्ता आंट ,साहस र हिम्मत गर्न सक्ने सेनाहरु ,शासकहरु र नागरिकहरु कोही पनि छैनन क्या हो?

यदि छन भने ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी ,अवसरवादी ,मुलुकको अहित चाहने राष्ट्रघाती र गद्दार नेताहरू बाट मुलुकलाई जोगाउनु पर्ने आजको अवस्था छ।

विक्रम सम्वत २०६२/०६३ साल पछि राजनीतिक अस्थिरता संधैभरि आन्दोलन र नेपाल बन्द यस्तै ढुक ढुकी तरिकाले मुलुक चलि रहने हो भने नेपाली नागरिकहरुले नसोचेको परिणाम व्यहोर्नुपर्ने छ।आज हाम्रो मुलुक नेपालको अवस्था ढुकढुकी स्वास मात्र छ।प्राण जान मात्र बांकी छ। अन्तर्राष्ट्रिय मुलुकहरूमा पनि हाम्रो मुलुकको अवस्था चासोको विषय वस्तु बन्न पुगेको छ।

प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र मुलुक चाइना,भारत र अमेरिका आदि आदि जस्ता मुलुकलाई भनिन्छ।मुलुकमा प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो र राजनीतिक दलहरुको नेताहरू बाट मुलुकमा अस्थिरता भयो भन्दै युवा राकेश कुमार शर्माले अब सैनिक शासनको आवश्यकता रहेकोे छ भनी विक्रम सम्वत २०७५ साल माघ ०५ गते सैनिक शासनको लागि जिल्ला पर्साको बिरगंजमा पांचायन पुजा गरेका छन।

उनले भने संघीयता हाम्रो मुलुकका लागि घातक छ।प्रदेशको मुख्यमन्त्री ,मन्त्रीहरु र नगर प्रमुख(मेयर ) हरुलाई करोडौं को गाडी चढ्नलाई मात्र संघीयता हो र ?विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्था बाट गुज्रिरहेकोे छ।पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए।अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे।संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए है रित्याए।विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुको कारण राष्ट्रको स्वाधीनता धरापमा परेको छ।यसकारण माघ ०५ गते सैनिक शासनको आवश्यकताका लागि पांचायन पुजा गरेको बताए।

ढण्डहिनताको अन्त्य गर्न, लुटतन्त्र , मनपरितन्त्र,फटाहतन्त्र जस्ता विकृतिहरु हटाउन , राष्ट्रहित , जनहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेकोे छ। प्रधानमन्त्री , मन्त्री , सांसद र राजनीतिक दलका नेताहरुले निकास नदिएर राष्ट्रलाई अनिर्णयको बन्दी बनाई रहेका छन। राष्ट्रको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । राष्ट्रलाई निकास दिनुर्पयो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन। सबै अलग–अलग कित्तामा र फरक–फरक मत राख्छन् किन?भनी प्रश्न गरे।

यसकारण ढण्डहिनताको अन्त्य गर्न, मनपरितन्त्र, फटाहतन्त्र जस्ता विकृतिहरु हटाउन, राष्ट्रहित र राष्ट्रको विकासको लागि बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह र श्री ३ जंग बहादुर राणा जस्ता सैनिकको आवश्यकता रहेको छ र हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ।हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ।हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ भन्दै साबिक जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. २ बस्ने स्वतन्त्र नेपाली नागरिक राकेश कुमार शर्माले मुलुकमा अब सैनिक शासनको आवश्यकता छ भन्दै जिल्ला पर्सा बिरगंजको घण्टाघरमा पाँचायन पुजा गरेका छन। पुजा पण्डित कमल घिमिरेले गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here