पत्रकार ढकालको हत्यारा पक्राउ

434

हेटौँडा । पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा हेटौंडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । आरोपीद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीसँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here