कोरोनाबाट संसारभर ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

53

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ६९३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १६ लाख ९७ हजार ८ सय बढी छ । संक्रमितमध्ये ३ लाख ७६ हजार १८४ जना निको भएका छन् ।

विश्वव्यापी रुपमा एकै दिन कोरोनाका कारण ७ हजार ९ जनाको मृत्यु भएको छ भने एकै दिन ९४ हजार बढीमा संक्रमण देखिएको छ । अमेरिकामा शनिबार बिहान यो समाचार तयार पार्दासम्म एकैदिन २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा हालसम्म १८ हजार ७२५ पुगेको छ । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here