नेकपा सांसद बस्नेतले डा.बाबुरामलाई साइबर अपराधमा कारवाही गर्ने चेतावनी

91
काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले डा. बाबुराम भट्टराई उनका सहयोगी विश्वदीप पाण्डेले सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरी लगेको आरोप लगाएका  छन् । 
हामीमाथिको अपहरणको आरोप कपोकल्पित छ, बरु बाबुरामले उल्टो अपहरण गरेर लगेका हुन्, सनराइज खबरका लागि राजकुमार रेग्मीसँगको अन्तवार्तामा नेकपा सांसद समेत रहेका महेश बस्नेतले भने, ‘बाबुराम भट्टराईले सुरेन्द्र यादवको अपहरण गरेका हुन् ।’
अपहरणपछि उनलाई बाबुरामजीकै घरमा लगिएको हुनुपर्छ, यसमा विश्वदीपजीको योजना हुनुपर्छ । बस्नेतसहित सांसद किसानलाल श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालमाथि अपहरणको आरोप लागिरहँदा बस्नेतको पछिल्लो भनाई सार्वजनिक भएको हो ।
बस्नेतले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई साइबर क्राइमको मुद्दा लगाउने चेतावनी समेत दिए । उनले आफ्नो चरित्र हत्या गर्न भट्टराई र उनका सहयोग विश्वदीप पाण्डेलगायतलाई समेत साइबर क्राइमको मुद्दा लगाउने चेतावनी दिएका हुन् ।
बस्नेतले आफूमाथि लागेको अपहरणको आरोप कपोकल्पित र फण्डा भएको दाबी गरे । उनले भने, ‘बाबुरामजी र विश्वदीपजी पहिल्यै देखि प्रोपोगान्डा र फन्डा गर्न जान्नुहुन्छ ।’ यसले आफ्नो राजनीतिमा कुनै असर नपर्ने बस्नेतले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here