नाइजेरियामा १ सय १० जना किसानको आमहत्या

83

काठमाण्डौ । उत्तरपश्चिमी नाइजेरियामा १ सय १० जना किसानको आमहत्या गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सुरुमा ४३ जना मारिएको बताइए पनि पछि मृतकको संख्या १ सय १० रहेको जनाइएको हो।

नाइजेरियाको द्वन्द्वप्रभावित बोर्नो राज्यको राजधानी माइदुगुरीको कोशोबेमा शनिबार किसानको आमहत्या गरिएको हो।

राष्ट्रसंघको मानवीय सहायताका नाइजेरिया संयोजक एडवार्ड कालोनाका अनुसार मोटरसाइकलमा आएका हतियारधारीहरुले खेतमा काम गरिरहेका किसानमाथि नृशंस आक्रमण गरेका थिए। तीमध्ये १ सय १० जनाको नृशंस हत्या गरिएको थियो भने केही घाइते भएका छन्। केहीलाई भने अपहरण गरिएको छ।

निर्दोष सर्वसाधारणविरुद्ध यसवर्षकै सबैभन्दा ठूलो हिंसाको घटनाका रुपमा यसलाई लिइएको छ। यो घटनाको कसैले जिम्मेवारी नलिए पनि लडाकू समूह बोको हरामको संलग्नता भएको आशंका गरिएको एजेन्सीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here