काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।
केन्द्रीय कमिटी बैठकले सुवास नेम्वाङसहित ६ नेतालाई कारबाही गरेको छ । नेकपा ओली समूहमा रहेका नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गरिएको छ भने अन्य नेताहरूलाई केन्द्रीय कमिटीबाट निष्कासन गर्ने निर्णय भएको छ ।


















