हिमालय एयरलाइन्सद्वारा कोभिड–१९ विरुद्ध जनचेतना अभिवृद्धि गर्ने

70

काठमाडौं । हिमालय एयरलाइन्सले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौ वर्षका लागि ती सामग्रीहरु प्रदान गरेको हो।

हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्य पुस्तकहरु प्रदान गरेका हुन्। एयरलाइन्सले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यसरोग विरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामुलक पोष्टरहरु समेत प्रदर्शनार्थ प्रदान गरेको छ।

प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना बालबालिकाहरु रहेको एक अनाथालय हो। विगत केही वर्षदेखि ती विद्यार्थीहरुले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुद लगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन्। भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीहरुसँग अन्तर्कि्रया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायबारे प्रशिक्षण समेत दिएका थिए।

प्रयास नेपालका तर्फबाट आभार प्रकट गर्दै प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एयरलाइन्स आफ्नो संस्थाको पारिवारिक सदस्य झैँ भएको बताउँदै हिमालयले सन् २०१७ देखि पु¥याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here