साफको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स सामना गर्दै

171

काठमाडौं ।  साफ च्याम्पियनसीप फुटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार असोज १५ गते शुक्रबार अपरान्ह ४ः४५ बजे शुरु हुनेछ।

प्रतियोगिताका लागि नेपाली कतारबाट माल्दिभ्स गइसकेको छ। कतारमा बन्द प्रशिक्षण रहँदा टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा ७–२ गोलको फराकिलो अन्तरमा पराजित भएको थियो।नेपालले हालसम्म माल्दिभ्ससँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ। तीमध्ये ४ खेल बराबरीमा सकिएको छ। ४ खेलमा नेपालले जित निकालेको छ भने ८ खेलमा हार बेहोरेको छ। यो तथ्याङ्कलाई हेर्दा नेपाल विगतमा माल्दिभ्सभन्दा कमजोर देखिएको छ।

नेपाल र माल्दिभ्सको पछिल्लो भेट २०१८ को सेप्टेम्बरमा भएको थियो। साफ च्याम्पियनसीप अन्तर्गतको उक्त खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो। माल्दिभ्सविरुद्ध नेपालले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन।

पछिल्लोपटक नेपालले १९९९ मा भएको खेलमा उसलाई हराएको थियो। त्यसयताका ५ खेलमा हारेको नेपालले २ खेलमा बराबरी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here