पहिलो विद्युतीय राहदानी कतारबाट उत्पादन

117

काठमाडौँ । राहदानी विभागले विदेशस्थित नियोगमध्ये कतारको दोहास्थित नेपाली दूतावासबाट पहिलो पटक विद्युतीय राहदानी उत्पादन गरिएको छ।

विभागका अनुसार सोमबार परीक्षणको रुपमा कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको हो।

विभागका अनुसार विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो।

सोमबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास कतारले बुकिङ खुला गरेको छ। सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको दूतावासले जनाएको छ।

अन्य खाडी मुलुकहरु र मलेसियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाई सकिएको छ। उक्त सामानहरु जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा सुरुवात हुने विभागले जनाएको छ।

त्यस्तै यीबाहेकका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने लक्ष्य रहेको छ।

नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइ सकेको छ। अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालिम प्रदान गर्ने कार्य गरिरहेको विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here