चाँगुनारायण अस्पतालमा अक्सिजन प्लान्ट

88
clS;hg KnfG6 h8fg unsf]6, & k'; M wf}nflu/L c~rn c:ktfn afun'ªdf u08sL k|b]z ;/sf/sf] ;fdflhs ljsf; dGqfnosf] ?= ($ nfvsf] nfutdf xfn} h8fg ul/Psf] clS;hg KnfG6 . KnfG6n] clS;h pTkfbg yfn]kl5 c:ktfnn] b}lgs !% b]lv @) l;lnG8/ clS;hg vl/b ug'{kg]{ cj:yf x6]/ uPsf] 5 . t:jL/Mv]d/fh uf}td÷ /f;;

भक्तपुर ।  चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मंसिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका हुन्।

चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने उनले बताए।

नगरपालिकाले सबै स्वास्थ्यचौकी र नगर अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप सञ्चालन गरेर १०५ प्रतिशतभन्दा बढीलाई खोप दिलाउन सफल भएको बताउँदै स्थापना दिवसमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने बताए।

चाँगुनारायण नगरपालिकाका बासिन्दाले अब अस्पतालमा अक्सिजन नपाएर वा शय्या नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने दाबी गर्दै उनले स्वास्थ्य र शिक्षामा नगरपालिकाले धरै प्रगति गरेको चर्चा गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here