विभिन्न धनमाल चोरी

38

काठमाडौं  । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका-६ घर भएका ४५ वर्षीय बिल कुमार श्रेष्ठले काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरमा सञ्चालन गरेको कम्पयूटर मर्मत तथा डेलिभरी सर्भिस सेन्टरबाट १० थान ल्यापटप र अन्य ईलेक्ट्रोनिक मेशिनरी सामानहरू गरी करिब ३२ लाख ७७ हजार रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु बस्ने अनु श्रेष्ठको कोठाबाट करिब ५ तोलाको विभिन्न सुनका गरगहनाका साथै १ थान आईप्याड र नगद १ लाख रूपैयाँ आइतबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here